कविता को हुन नारी ? ह्या एउटा महिला त हो , वाह ! होईन , उ त सबै पुरुषहरुको मुख रसाउने आईटम पो हो , ह्या यसै पनि यो त सामान्य हो नि नारी भएपछी , ओहो ! होईन - होईन , त्यो नारी त मेरै श्रीमती पो हो , मेरो छोरी हो , मेरै बहिनी हो , दिदि हो , भाउजु हो , त्यति मात्र हो र ? मलाई यो संसार देखाउने आमा हो नारी , आफ्ना आवश्यकता मारेर मेरा रहरको जगेर्ना गर्ने , आफु भोकै रहेर मेरो पेट भर्ने , मेरो हरेक समस्यामा आफै अघी सर्ने , मैले जे गरे पनि कहिल्यै प्रश्न नगर्ने , जति सताएपनि कहिल्यै गुनासो नगर्ने , गल्तिमा पनि पटक पटक माफ गर्ने , जे माग्यो पुरा गरिदिने , अहो ! भगवान भन्दा पनि बढि बरदान दिने , भगवानको स्वरुप मेरी आमा हो , हो त्यही हो नारी , यसरी म आफै प्रश्न सोध्छु , अनि आफै उत्तर खोज्छु , साँच्ची कहिले त म रनभुल्ल पर्छु , को हुन त नारी ? को हुन त मेरी आमा ? साँच्ची यत्ति धेरै निस्वार्थ भावकी मेरी आमा भगवान पो हुन त ! होईन होईन ! म कसरी भुल्न सक्छु त्यो बाल्यकाल , कसौडीको खाना सकिए सँगै आमाको भोक सकिएको , विद्युवा महिला ,...