शेर बहादुर देउवाको व्यक्तिगत कुकुर बाहेक अरु सबैलाई एमसीसी जबर्जस्ती पास गर्न खोज्दा उत्पन्न हुनु स्वभावीक र आवश्यक समेत हो ।
देशको कानुन विपरित कुनै पनि संघसंस्था त चल्न पाउदैन भने यो त झनै स्वार्थले भरिएको विदेशी परियोजना हो ।
यदि यो एक सामान्य परियोजना मात्रै हुन्थ्यो भने देशको प्रधानमन्त्री नै किन मरिमेट्नु पर्ने ।
यी नेताहरुलाई आफ्नो देशको स्वाधीनता र राष्ट्रिय हितको अलिकति पनि हेक्का छैन ।
हुन त यी यमराजले पत्र पठाईसकेका नेताहरुको आयु नि कति न होला र ? एमसीसी को जति बोझ बोक्ने हो त्यो सबै त हालका युवा पुस्ता र बालबालिकाले हो ।
अहिले सामान्य रुपमा लागु भएको परियोजनाले कुनै दिन नेपाललाई युद्ध भुमीको रुपमा प्रयोग गर्ने दिन पनि नआउला भन्न सकिदैन ।
नेपाल र नेपालीको बारेमा कत्ति पनि चिन्ता नभएका यी नेताहरुको टाउकोको मूल्य नतोके सम्म यी नेताको बानी सुध्रिने वाला छैन ।
टाउकोको मूल्य तोक्ने मात्रै नभएर केहि नेताको टाउको सर्वाधिक गद्दार को उपाधी दिई संग्रहालयमा सजाउनुपर्ने आवश्यकता देखिन्छ । जसबाट राजनितीमा आउने भावी पुस्ताले पनि पाठ सिक्न सकुन ।
यसरी मैले यी अनुच्छेदहरु लेख्दै गर्दा कतिपय नेताहरुले पढ्दै हुनुहुन्छ होला, कति प्रहरी दाई÷भाई हरुले पढ्दै हुनुहुन्छ होला ।
मैले सामाजीक सञ्जालमा प्रहरी र प्रर्दशनकारी हरु बिचको रङ्गमञ्च हेदै गर्दा एकदमै दुख लागेर आयो ।
एक अर्काले कुटाकुट गरेको छ , प्रहरी पोसाकमै प्रहरीलाई ढुङ्गा हानेको छ , पेट्रोल बम प्रहार गरेको छ ।
प्रहरी भनेको के नेताको गुलाम गर्नु हो र ?
प्रहरीले के सहि के गलत छुट्याउन नसक्ने हो र ?
कहिलेकाही त देशको स्वाधीनता रक्षाको लागी पनि प्रहरी परिचालन गर्नु पर्यो नि आईजीपी साहेब !
नेपालको संविधानमा स्पष्ट उल्लेख गरिएको छ कि राष्ट्रिय स्वाधीनता रक्षा गर्नु प्रत्यक नागरिकको कर्तव्य हुनेछ ।
यहि कर्तव्य पालना गर्दा किन नागरिकहरु कुटिन्छन ।
प्रशङ्ग अर्कोतिर मोडौ आन्दोलन शान्तिपुर्ण गरौ, प्रहरी पनि कसैका छोराछोरी हुन, कसैका दाई भाई हुन, कसैका श्रीमान श्रीमती हुन, उनिहरुको पनि त परिवार छ । प्रहरीले एमसीसी पास गर्ने ठेक्का लिएको त पक्कै होईन । दङ्गा नियन्त्रण गर्नु प्रहरीको कर्तव्य हुनेछ । र यसमा कुनै पनि प्रकार ले आपत्ती मान्नु भएन भने शान्तिपुर्ण आन्दोलनमा प्रहरी दमन हुनु राज्यको घोर कुशासन हो । यसैले अबको आउदो चुनावमा एमसीसी पास गराउन भुमिका खेल्ने जुनुसुकै पार्टिका अनुहारहरु पनि आफ्नो अगाडि भोट माग्न आएमा तुरुन्तै जुत्ता/चप्पलको भोट दिने नितिलाई अवलम्वन गर्नुहुन सर्वसाधारणका f लागी जारी सन्देश
#janahitama jari
#ramjee