ह्या एउटा महिला त हो,
वाह ! होईन,
उ त सबै
पुरुषहरुको मुख रसाउने आईटम पो हो,
ह्या
यसै पनि यो त सामान्य हो नि नारी भएपछी
,
ओहो !
होईन-होईन,
त्यो
नारी त मेरै श्रीमती पो हो,
मेरो
छोरी हो,
मेरै
बहिनी हो,दिदि हो, भाउजु हो,
मलाई यो
संसार देखाउने आमा हो नारी,
आफ्ना
आवश्यकता मारेर मेरा रहरको जगेर्ना गर्ने,
आफु भोकै
रहेर मेरो पेट भर्ने,
मेरो हरेक
समस्यामा आफै अघी सर्ने,
मैले जे
गरे पनि कहिल्यै प्रश्न नगर्ने,
जति
सताएपनि कहिल्यै गुनासो नगर्ने,
गल्तिमा
पनि पटक पटक माफ गर्ने,
जे
माग्यो पुरा गरिदिने,
अहो !
भगवान
भन्दा पनि बढि बरदान दिने,
भगवानको
स्वरुप मेरी आमा हो,
हो
त्यही हो नारी,
यसरी म
आफै
प्रश्न सोध्छु,
अनि आफै
उत्तर खोज्छु,
साँच्ची
कहिले त
म रनभुल्ल पर्छु,
को हुन
त नारी ?
को हुन
त मेरी आमा ?
साँच्ची
यत्ति धेरै निस्वार्थ भावकी
मेरी
आमा भगवान पो हुन त !
होईन
होईन !
म कसरी
भुल्न सक्छु त्यो बाल्यकाल,
कसौडीको
खाना सकिए सँगै आमाको भोक सकिएको,
विद्युवा
महिला,
समाजको
अवहेलना,
ठुलो
परिवार,
गरिब
परिवार,
भगवानको
वर्त बसेर परिवारको पेट भर्ने,
भगवानभन्दा
पनि ठुली
मेरी
आमा,
हो, तिनै हुन मेरी आमा,
हो तिनै
हुन नारी ।
जय नारी
!